काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० सुरु भएको बैठक दिउँसो २:३० मा स्थगित भएको हो ।
बैठकले पहिलोमा अध्यक्षद्वयको मन्तव्य, दोस्रोमा कोभिड १९ को रोकथाम तथा नियन्त्रण, तेस्रोमा नेपालको सीमा समस्या, चौथोमा सरकारको समग्र समीक्षा, पाँचौमा पार्टीको कामको समीक्षा तथा सांगठनिक एकीकरण, छैठौँमा एमसिसी र सातौँमा विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेको श्रेष्ठले बताएका छन ।
श्रेष्ठका अनुसार बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पार्टी, सरकार र समग्र परिस्थितिको स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्नुपर्नेमा जोड दिएका छन । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आन्दोलन, परिस्थिति, आदर्श र भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए । उनले सकरात्मक निष्कर्ष निकालैगरी सबै कमिकमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिएका छन ।
बैठक पर्सि फेरि बस्नेगरी स्थगित भएको श्रेष्ठको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया