श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेप्से परिसुचक आठ दशमलव २६ अङ्कले बढ्यो

शेयर बजार ८ अङ्कले बढ्याे, ३ अर्ब १५ कराेड रुपैयाँकाे काराेबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया