श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर ४३ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ । आइतबार खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसाले कारोबार भएको थियो ।

आज बेलायती पाउण्डको खरिद १६६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार खरिद दर १६७ रुपैयाँ थियो भने बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको थियो ।
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया