असार ३०, २०८२ सोमबार July 14, 2025

प्रचण्ड सरकारको खस्किँदो साख, घट्दै जनभरोसा, बढ्दै अविश्वास !

समीकरण फेरेर सरकार टिकाउने र विश्वासको मत लिनेबाहेक प्रचण्ड सरकारले कुनै जनपक्षीय काम गर्न सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निरन्तर संसद्को विश्वास गुमाउँदै गएको छ । तेस्रो कार्यकालमा पहिलोपटक विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत पाउनुभएका उहाँको पक्षमा चौथो पटकसम्म आइपुग्दा मुस्किलले बहुमत सांसदको विश्वास छ ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्ड तीन-तीनपटक सत्ता समीकरण फेरेर सरकारको नेतृत्वमा कायम रहनुभएको छ । तर, सांसदहरूको विश्वास भने क्रमशः घट्दै गएको छ । सुरुमा एमालेसहित ६ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिनुभएको थियो ।

त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । तर, अहिले चौथोपटक विश्वासको मत लिनै लाग्दा संसद्मा बहुमत सांसद जुटाउनै सकस पर्ने स्थिति छ । उसो त संसद्को मात्रै होइन उहाँ नेतृत्वको सरकारमाथि जनविश्वास पनि घट्दै गएको छ । समीकरण फेरेर सरकार टिकाउने र विश्वासको मत लिनेबाहेक प्रचण्ड सरकारले कुनै जनपक्षीय काम गर्न सकेको छैन । उहाँले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्नबाहेक आफूसँग कुनै विकल्प नै नभएको बताउनुभएको थियो । तर, समय बित्दै जाँदा सरकार टिकाउनेबाहेक जनभरोसा जगाउने कुनै काम गर्न नसकेको टिप्पणी भइरहेको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उहाँले सोमबार एउटै कार्यकालमा चौथोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । यसैगरी उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्नसक्ने भनिएको छ ।

सरकार गठन भएको तीन महिना नपुग्दै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रतिनिधि सभामा उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । २०८० वैशाख २२ गते रास्वपा सरकारबाट बाहिरिएपछि भने उहाँले विश्वासको मत लिनुभएन । गत वर्षको फागुन तेस्रो साता नयाँ समीकरण बनेपछि फागुन ३० गते उहाँले तेस्रोपटक विश्वासको लिनुभएको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डको पक्षमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा नेपालका १५७ सांसदले पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले समर्थन गरेका छन् । सरकार कायम रहन कम्तीमा १३८ मत चाहिन्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र जसपाका सात गर्दा १३८ जनाको बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रचण्ड सरकारकै पक्षमा हुनुहुन्छ । नाउपाका चार सांसद छन् । तर, प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति (नाउपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी (लोसपा) लगायतका दलहरूलाई पनि समेट्ने प्रयास गरिरहनु भएको छ । तर, सरकारमै रहेको एकीकृत समाजवादी भने अन्योलमा छ । ३० दिनभित्र विश्वासको मत लिन सकिने व्यवस्था भए पनि प्रधानमन्त्रीले हतार गरेको कतिपयको टिप्पणी छ । समीकरणमा असन्तुष्ट माधव नेपाललाई तर्साउन र उपेन्द्र यादवको रिटमा अदालतको फैसलाअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको कतिपयको टिप्पणी छ । उपेन्द्रको पार्टीको ८ गते फैसलाको लागि छलफल पेसी तोकिएको छ । अदालतले उपेन्द्रको पक्षमा आदेश दियो भने समीकरणमा संख्या पु¥याउन सकस पर्छ । हिमालयन टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार
युरोपेली संघ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति
२०८२ असार ३०, सोमबार