असार २६, २०८२ बिहिबार July 10, 2025

प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ ।  बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए ।

बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।

नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।

नाराबाजीका बीच संसद बैठक संचालन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा अवरोधका बीच बैठक संचालन गरेका छन् । आजको बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा संचालन गरेका हुन् ।

कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेको बेला सभामुखले बैठक संचालन गरेर राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव र राजनीतिक दल सम्बन्धि विधयेक फिर्ता गर्ने प्रस्ताव पारित गराएका थिए । संसदको अर्को बैठक जेठ ११ गते बस्ने गरि स्थगित भएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया