श्रावण ७, २०८२ बुधबार July 23, 2025

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन

चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ९ जेठः दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिनुभयो । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उहाँले भन्नुभयो ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताउनुभयो । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार