असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची ?

नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया