श्रावण ७, २०८२ बुधबार July 23, 2025

झापामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाको भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा रु एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताउनुभयो । उहाँका अनुुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले रु तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । “राजस्व सङ्कलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व सङ्कलनको लक्ष्य सहजै भेट्न सकिन्छ,” सूचना अधिकारी पोख्रेलले भन्नुभयो ।

पूँजीगत खर्च घट्यो

भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा रु ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ ।

भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पूँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित रु ९८ करोड २३ लाख ४६ हजार रहेको छ ।

चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पूँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार