असार २४, २०८२ मंगलबार July 8, 2025

चीनसँग सीमा विवाद भन्ने समाचारमा कुनै सत्यता छैन : परराष्ट्र मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः परराष्ट्र मन्त्रालयले चीनसँग कुनै पनि खालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी चीनसँग कुनै सीमा विवाद नरहेको स्पष्ट पारेको हो ।

कृषि मन्त्रालयको प्रतिवेदनको हवाला दिँदै केहीदिनदेखि चीनसँग सीमा विवाद देखाउने प्रयत्न हुन थालेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको हो ।

मन्त्रालयको बिहिबार अपरान्ह जारी गरेको प्रेश विज्ञप्तिमा हराएको भनेर चर्चा गरिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ नै नराखिएको बताएको छ । उसले दुबै देशको सहमतिमा त्यस्तो काम भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

परराष्ट्रले नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार