असार २६, २०८२ बिहिबार July 10, 2025

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आर्थिक वर्ष २०८१-८२ लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ । जेठ १४ गते सोमबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया