असार २६, २०८२ बिहिबार July 10, 2025

कोशी प्रदेश सभाको बैठक बस्दै

‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने कार्यसूची रहेको छ ।

विधेयकको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले संसदमा सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । आजको बैठकमा पनि नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गर्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया