श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १४ जेठः यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह एक दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी एक दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेको छ ।
 मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २० करोड ४० लाख ४७ हजार चार सय ३४ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार