श्रावण ७, २०८२ बुधबार July 23, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको थियो ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा पुगेको छ । मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसामा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया