असार २६, २०८२ बिहिबार July 10, 2025

दुई वटा संसदीय समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समिति र शिक्षा समितिको बैठक बिहान ११ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया