श्रावण ७, २०८२ बुधबार July 23, 2025

श्रम सहचारी बन्न आईईएलटीएसमा ६ अंक ल्याउनै पर्ने

आईईएलटीएसमा ६ अंक ल्याउने मात्र श्रम सहचारी बन्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आईईएलटीएसमा ६ अंक ल्याउने मात्र श्रम सहचारी बन्न पाउने भएका छन् ।

विदेशस्थित नेपाली नियोगहरूमा काउन्सेलर तथा श्रम सहचारी पदमा काम गर्न जाने कर्मचारीले अब अनिवार्य आईईएलटीएसमा ६ अंक (स्कोर) ल्याउनु पर्ने भएको हो ।

आईईएलटीएसमा उक्त अंक नल्याए श्रम सहचारी पदमा काम गर्न जान पाउने छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड, २०८१’ मा उक्त व्यवस्था गरिएको हो ।

“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा रहने काउन्सेलर (श्रम) तथा श्रम सहचारीको नियुक्तिलाई व्यवस्थित र नियमित गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४३ (२) बमोजिम यो मापदण्ड बनाइएको छ,” मामदण्डमा भनिएको छ । मापदण्डमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका कर्मचारी मात्र काउन्सेलर तथा श्रम सहचारी पदमा नियुक्तिको लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया