श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० जेठ : यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक दुई दशमलव १७ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ एक दशमलव ११, विकास बैंक शून्य दशमलव २२, होटल तथा पर्यटन शून्य दशमलव ४६ र जलविद्युत् एक दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह शून्य दशमलव ७७, लघुवित्त समूह शून्य दशमलव ५२ र अन्य समूह शून्य दशमलव ९६ प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव १३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २२ करोड ६४ लाख १३ हजार २८ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार