काठमाडौंः आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया