असार २६, २०८२ बिहिबार July 10, 2025

वातावरणको संरक्षण र प्रवर्द्धनमा सबै लागौँ : सभामुख

वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सभामुख देवराज घिमिरेले वातावरण संरक्षण र प्रवर्द्धनका लागि सबै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, सङ्घ संस्था र व्यक्तिले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाउन गइरहेको विश्व वातावरण दिवस, २०२४ का अवसरमा सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले कालान्तरमा पृथ्वीको सबै भूभागमा असर पार्ने बताउनुभएको छ । त्यसैले वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

“हाम्रो देशको सन्दर्भलाई हेर्दा सहरी क्षेत्रमा फोहरमैलाको उचित व्यवस्थापन र ग्रामीण क्षेत्रमा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणका पहल भइरहेको अवस्था छ”, शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी न्यून कार्बन उत्सर्जनका लागि विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आजको आवश्यकता देखिन्छ ।”

विकसित मुलुकको तुलनामा वातावरणीय प्रदूषणमा कम सहभागी भए पनि जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिको सङ्कट सामना गर्नेमध्येको मुलुकमा नेपाल पर्नु आफैँमा दुःखद् विषय भएको र यस्ता दिवसले थप ध्यानाकर्षण गराउने हुँदा यो दिवसको विशेष महत्व रहेको सन्देशमा उल्लेख गरिएको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार