कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मधेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु

मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि बिहान १० बजेसम्मको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुँदैछ । जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो । मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि बिहान १० बजेसम्मको समय दिइएको छ ।

सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेशमा नयाँ राजनीतिक समीकरण बनेको हो । जनमतलाई २५ सिटको एमाले, नौ सिटको माओवादी, सात सिटको एकीकृत समाजवादी तथा एक सिटका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टी गरी ५५ मत पुग्ने आँकलन छ । मधेशमा सरकार गठनको लागि ५४ सिट चाहिन्छ ।

यसअघि मधेश प्रदेश सभाको हिजोको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो । यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका आठ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका नौ, एकीकृत समाजवादीका सात जनाले मतदान गरेका थिए ।

एमाले र माओवादीसँगै अस्ति मंगलवार एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्न एमाले, माओवादी र एकीकृत समाजवादीबीच यसअघि नै सहमति भैसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार