कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रातारात धन कमाउने चाहनाले समाजमा अपराध बढ्यो : मन्त्री राई

प्रहरी सङ्गठनलाईं समयसापेक्ष सुदृढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा ब्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, २४ जेठ स् कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिकीकरण गर्दै उहाँले प्रहरी सङ्गठनबिना अपराधरहित समाज परिकल्पना गर्न नसकिने बताउनुभएको हो । उहाँले प्रहरी सङ्गठनलाईं समयसापेक्ष सुदृढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।

रातारात धन कमाउने चाहनाले समाजमा अपराध हुने गरेकाले यस्ता अपराध रोक्न सचेतनामूलक भिडियो निकै फलदायी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “प्रहरी छ भनेर नै हामी शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छौँ ।”

महिला बेचविखनको घटना निकै निन्दनीय भएको उहाँको भनाइ थियो । “समाजले नरुचाएको र नचाहेको विषयमा प्रहरी गम्भीर बन्नुुपर्छ”, मन्त्री राईले भन्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ्गले प्रहरी सङ्गठन अपराध नियन्त्रण गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजलाई सचेत गराउन सकिने सूचना, समाचार वा भिडियो प्रहरीले आफ्ना मोबाइलबाट सामाजिक सञ्जालमा व्यापक शेयर गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “समाजमा एक जनालाई पनि सचेत गराउन सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।”

प्रहरी उपरीक्षक सुमन तिमल्सेनाले फरक कोणबाट अपराध गरे पनि प्रहरीको अनुसन्धान र कारबाहीबाट भाग्न नसक्ने सन्देश भिडियोमार्फत दिनुभएको छ । १० मिनेटको सो भिडियोमा प्रलोभनमा पारी युवायुवतीलाई कसरी दलालले जालमा फसाउँछ र ती दलाललाई समात्न प्रहरी कसरी सफल हुन्छन् भन्ने विषय प्रस्तुत गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार