असार २६, २०८२ बिहिबार July 10, 2025

संसदीय छानबिन समितिको बैठक आज बस्दै

आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधिबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्नको लागि गठित संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको हो ।

आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधिबारे छलफल हुने संयोजक सूर्य थापाले बताए । समिति गठन भएपछि आज दोस्रो बैठक बस्न लागेको हो । यसअघि बुधवार सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको थियो ।

एमाले सांसद थापा संयोजक रहेको समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल रहेका छन् ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया