असार २६, २०८२ बिहिबार July 10, 2025

जाँचबुझ आयोगहरुको प्रतिवेदन झिकाउने संसदीय छानबिन समितिको निर्णय

सहकारीसँग सम्बन्धित सबै आवश्यक त्यस्ता दस्तावेज, डकुमेण्ट, प्रतिवेदनहरु ९ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विभिन्न समयमा सहकारीमा भएका छानबिन र अध्ययन प्रतिवेदन उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन झिकाउने निर्णय गरेको हो । त्यस्ता प्रतिवेदनहरू असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि भएको सभापति सूर्य थापाले जानकारी दिए ।

‘सहकारी सन्दर्भमा यो नवौं छानबिन समिति हो । बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग, यसअघि बनेका छन । नेपालमा सहकारीलाई संस्थागत गर्ने सन्दर्भमा जति पनि छानबिन समिति, अध्ययन, जाँचबुझ समितिहरु बनेका छन् । ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्रचार गरेर प्राप्त गरिसक्ने भनिएको छ’,सभापति थापाले भने,’सहकारीसँग सम्बन्धित सबै आवश्यक त्यस्ता दस्तावेज, डकुमेण्ट, प्रतिवेदनहरु उपलब्ध गराउन पनि म समितिको तर्फबाट सम्बद्ध सबैसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने भएको छ ।

बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमति पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार