श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड मकैको बीउ उत्पादन थाल्यो

१० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाजरकोट-भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन शुरु गरेको छ । यसअघि पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।

भेरी नगरपालिका– २ आरुखेत रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण शुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले किसानलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा लैजाने गरेकाे उहाँले जानकारी दिनुभयो । भेरी नगरपालिकाबाट उन्नतजातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको कामसमेत भइरहेको उहाँले बताउनुभयो । हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको– भेरी नगरपालिका–७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउँदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका–३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ, प्याज, रायो, मुला, केराउ र सिमी लगायतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका–२ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार