श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको आजको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरूले भाग लिएका थिए। उनीहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा सदस्यहरूबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार