काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्ट्राचार भएको बताएका छन् ।
अहिले सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक तीनदिनदेखी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको प्रति लक्षित गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री निवासको साधन स्रोतको दुरुपयोग गरि पार्टी बैठक गर्नु खुलेआम भ्रष्ट्राचार र अख्तियारको दुरुपयोग भएको बताएका हुन् ।
सामाजिक संजालमा ट्वीट् गर्दै अध्यक्ष थापाले राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य अन्त्य गर्न माग गर्दै राज्यको सम्पति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको बताएका छन् ।
थापाले भनेका छन् – ‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्याँहा रहेका सरकारी साधन श्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो । राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस् । राज्यको सम्पति रक्षागर्नु प्रधानमन्त्रीको को कर्तव्य हो ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया