असार २०, २०८२ शुक्रबार July 4, 2025

अवैध लागूऔषधसहित तीन जना पक्राउ

फरार मोटरसाइकलमा सवार १ जनाको खोजी कार्य शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न ठाउबाट तीन जनालाई पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित  मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार