श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित

शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाईघाट, असार २० गते। उदयपुरको बेलका नगरपालिका–२, बानडाडाँमा बिहीबार नेपाली सेनाको आयोजनामा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरूले स्वास्थ्य सेवा पाएका छन्।

श्री पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजना र विभिन्न संस्थाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरियो। शिविरमा नेपाली सेनाका चिकित्सक टोलीले प्रत्यक्ष सेवा पुर्‍याएका थिए।

नेत्रज्योति सङ्घको सहयोगमा सञ्चालित आँखाको परीक्षणमा १५३ जनाले सेवा लिएका थिए, जसमा ३८ जनालाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको थियो। यस्तै, दिपेश हेल्थ केयर गाईघाटको सहकार्यमा रेडियोलोजी सेवामा ५० जनाले लाभ लिएका थिए।

शिविरमा नेपाली सेनाको चिकित्सकद्वारा गरिएको सामान्य स्वास्थ्य परीक्षणमा २१९ जना (पुरुष ९९ र महिला १२०) ले सेवा प्राप्त गरे। शिविरमा श्री नं. १८ फिए गुल्मका सह–सेनानी डा. शङ्करदयाल शाहको नेतृत्वमा चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।

कार्यक्रमको उद्घाटनमा श्री नम्बर १८ बाहिनी अड्डाका सहायक रथी गौरव गुरुङ, गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्ले र बेलका नगरप्रमुख अशोक कार्की सहभागी थिए। नेपाली सेनाले उक्त शिविरले स्थानीयमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै सैनिक-नागरिक सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुर्‍याएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया