असार ५, २०८३ शुक्रबार June 19, 2026

आगामी आवका लागि हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट

नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनहरी । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ ।

आइतबार १५औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात् १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गर्नुभएको छ ।  उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताउनुभयो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु ११ करोड १७ लाख रुपैयाँ रहेको छ ।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ,

आजको नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार