असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड

संसद् सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियमानुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसदहरुले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद् सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियमानुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सांसदहरुले वर्षाका कारण देशका विभिन्न स्थानमा मकै बालीमा पुगेको क्षतिको अनुगमन गरी क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, बाढीको क्षतिले आवतजावत अवरुद्ध भएका सडकहरू सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरुले तराइका जिल्लामा विभिन्न खोलाहरू बस्ती र खेतीयोग्य जमिनमा पस्ने समस्याको समयमै समाधान गर्नुपर्ने, सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया