श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रहरले थालेको बाख्रा पालन : बन्यो बोयर बाख्रा उत्पादन केन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी (बेनी), असार ५ गते । बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ । १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर उहाँले स्थानीय जातका बाख्रा पालन सुरु गर्नुभएको थियो ।

जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रा पालनलाई व्यावसायिक बनाउनुभएका उहाँले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गर्नुभएको छ । व्यावसायी श्रीषले सञ्चालन गर्नुभएको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रा पालन हुँदै आएको छ । उहाँले बोयर बाख्रा भने नौ वर्षदेखि पालन गर्न सुरु गर्नुभएको थियो ।

उहाँले सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्रको रुपमा समावेश गरेको छ । लामो समयसम्म मासु उपभोगका लागि बाख्रा पालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताउनुभयो । श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन् । फार्ममा तीन वटा ब्याडे बोका छन् । फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन् ।

फार्मबाट वार्षिक ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताउनुभयो । “यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रुपमा बाख्रा लगिएको छ, वार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु’’ श्रीषले भन्नुभयो । व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्यायन अवलोकनका लागि समेत आउने गर्छन् । बाख्रा पालनका लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोप्नु भएको छ ।

केही वर्ष अघिसम्म वार्षिक एक करोड बढीको बोयर बिक्री गर्नुभएका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाव र विदेश पलायन हुने क्रमले बाख्रा पालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको सङ्ख्या बढाउन समस्या भएको बताउनुभयो । “बाख्रा पालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रा पालनबाटै घर खर्च धानेको छु, बाख्रा पालनबाट म सन्तुष्ट नै छु, ’’श्रीषले भन्नुभयो ।

श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गर्नुभएको छ । आफूले बाख्रा पालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रा पालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उहाँको भनाइ छ । राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमा बापतको रकम भुक्तानीमा ढिलासुुस्ती हुँदा आफूहरु समस्यामा परेको किसान श्रीषले गुनासो गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार