श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित

सधैँ घाटामा सञ्चालन हुने कम्पनीलाई नाफामा लैजान नीतिगत र संरचनागत सुधार गर्न सरोकारवालाको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ ।

कम्पनीको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रु २६ लाख ८६ हजार खुद नाफा गरेको थियो भने आव २०७६/७७ मा रु दुई करोड ६५ लाख नोक्सान व्यहोरेको थियो ।

त्यस्तै आव २०७७/७८ मा रु ३० लाख ४५ हजार खुद नाफा कमाएको कम्पनीले आव २०७८/७९ मा रु चार करोड ३१ लाख नोक्सान व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले आव २०७९/८० मा रु ८४ लाख आठ हजार नोक्सान व्यहोरेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्ष सन्दिपकुमार मिश्रले हाल कम्पनीको फुटकर जग्गा बिक्री कार्य सञ्चालन भएको जानकारी दिनुभयो ।

उहाँले जग्गा धनी दर्ता प्रमाण पुर्जा भएको जग्गामा स्थानीय तहसँग सामन्वय गरी आवासीय कार्यक्रम सञ्चालन गरी भविष्यमा कम्पनी नाफामा सञ्चालन भई सञ्चित नाफासमेत हुने विश्वास लिइएको बताउनुभयो ।

कम्पनीका सदस्य सचिव एवं महाप्रबन्धक रामकृष्ण निरौलाले कम्पनीका कामकारबाही र नीतिगत तथा संरचनागत चुनौतीका बारेमा जानकारी गराउनुभयो ।

उहाँले अवरोधका रुपमा देखिएका केही समस्या समाधान गर्न सरोकार भएका निकायको समन्वय र सहयोग भएमा कम्पनी आम्दानीको राम्रो स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य तथा शेयर सदस्य प्रतिनिधि सरेन्द्रप्रसाद अधिकारीले सधैँ घाटामा सञ्चालन हुने कम्पनीलाई नाफामा लैजान नीतिगत र संरचनागत सुधार गर्न सुझाव दिनुभयो । उहाँले सधैँ घाटामा मात्र सञ्चालन हुने हो भने त्यस संस्थालाई सरकारले औचित्यका दृष्टिकोणले विघटन गर्नसक्ने बताउनुभयो ।

शेयर प्रतिनिधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकोतर्फबाट मनुका न्यौपानेले कुनै पनि संस्थाको दिगोपन जनताको अपनत्व र हितसँग सम्बन्धित रहेको उल्लेख गर्दै कम्पनीको शेयर सर्वसाधारणलाई प्रदान गर्न आवश्यक व्यवस्था गर्न सुझाव दिनुभयो ।

विसं २०४६ देखि सञ्चालित ग्रामीण आवास कम्पनी २०६९ सालदेखि राष्ट्रिय आवास कम्पनीको दैवीप्रकोप पीडित असहाय र आश्रयविहीन परिवारका लागि देशका विभिन्न भागमा सम्बन्धित निकायबाट साधन लिइ आवासको व्यवस्था गर्ने उद्देश्य रहेको छ ।

साथै योजनाबद्ध बस्ती विकास गर्ने, गरिबीको रेखामुनि रहेका तथा आफ्नो घडेरी नभएका परिवारलाई वित्तीय साधन जुटाइ आवासको व्यवस्था गर्ने, कुनै योजना सञ्चालन गर्दा विस्थापित हुने परिवारलाई आयोजना सञ्चालन गर्ने निकायबाट आवश्यक रकम लिइ पुनःस्थापनाको व्यवस्था मिलाउनेलगायत उद्देश्य कम्पनीको रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार