असार २६, २०८२ बिहिबार July 10, 2025

बागमती प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित

सहमति जुटाउन मुख्यमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, असार ७ गते । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका बारेमा दलहरुबिच सहमति नजुटेपछि दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले विशेष कारणबश ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको जनाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा त्रुटि रहेको भन्दै पुनर्लेखन नगरेसम्म प्रदेश सभा चल्न नदिने अडान लिएपछि प्रदेश सभाको बिहीबारको बैठक अवरुद्ध बनेको थियो ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला गरी दिउँसो १ बजे सुरु भएकोमा कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख पाठकले कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई बोल्न दिनुभयो ।

कांग्रेस नेता लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट लेखन तारतम्य नमिलेको र बजेट कार्यान्वयनमा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले आफैँले असन्तुलित र मर्यादा नाघेर ल्याएकाले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

कांग्रेसको अवरोधका कारण बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएपछि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अझै बैठक बस्न सकेको छैन ।

सहमति जुटाउन सर्वदलीय बैठक बस्ने भनिए पनि ढिलो गरी बैठक सुरु भएकाले प्रदेश सभाको बैठक समेत प्रभावित भएको छ । बजेटमा देखिएको समस्याका बारेमा सहमति जुटाउन हाल मुख्यमन्त्री कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार