श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जुम्लामा औद्योगिक प्रदर्शनी

जिल्लाका १८ जना उद्योगीले प्रदर्शनी प्रतियोगितामा भाग लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ८ असारः यहाँ उत्पादित राडीपाखीलगायतका सामग्रीको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आज दुईदिने औद्योगिक प्रदर्शनी सुरु गरिएको छ । प्रदर्शनीमा स्थानीय उत्पादन राखिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद बानियाँले जानकारी दिनुभयो ।

स्थानीय कच्चा पदार्थ बनेका टोपी, झोला, स्याउका परिकार, ओखर, मह, मार्सी चामल, चिनो, कागुनो, कोदोको पिठोबाट बनेका परिकारलगायत प्रदर्शन गरिएको उहाँको भनाइ छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय उत्पादनको गुणस्तरमा ध्यान जान जरुरी रहेको बताउनुभयो । यहाँ उत्पादित सामान विश्व बजारसम्म पुर्याउनका लागि प्रदेश, सङ्घीय र स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

औद्योगिक प्रदर्शनी मेलाले यहाँका उद्योगीलाई प्रोत्साहन र हौसाल मिलेको तातोपानी गाउँपालिकाका उद्यमी नारायण चौलागाईँले बताउनुभयो । जिल्लाका १८ जना उद्योगीले प्रदर्शनी प्रतियोगितामा भाग लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार