श्रावण ६, २०८२ मंगलबार July 22, 2025

डा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, असार ९  गते ।  भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु. १५  लाख प्रदान गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका–७ मा उहाँको स्मृतिमा उद्यान निर्माण गर्न शनिबार  सोही पालिकाको ताङ्लीचोकस्थित डा. हर्कको समाधिस्थलमा एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक समाजका अध्यक्ष दलबहादुर गुरुङले डा हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरण गरेपछि समाजका अध्यक्ष गुरुङले प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताउनुभयो । प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म रु. २७ लाख ५० हजार प्राप्त भएको छ । स्वदेश र विदेशबाट गरी हालसम्म रु. ४० लाख सहयोग प्राप्त भएको छ ।

विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरूङसहित २४ जनाको मृत्यु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार