काठमाडौँ, असार ९ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया