असार १६, २०८१ आइतबार June 30, 2024

सुनचाँदीको मूल्य घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया