असार २६, २०८२ बिहिबार July 10, 2025

बागमती प्रदेशसभाको बैठक आज बस्दै

आर्थिक वर्षको विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ११ असारः बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । विहान ११ बजेस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/ ८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो । सरकारको आगामी आव २०८१/८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गर्नुभएको थियो ।

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया