श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।

टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताए। सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको विश्वास छ ।

टिवानले हाल काठमाडौँदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ । नेपालको काँकरभिट्टा नाकादेखि थाइल्याण्डको बैंककसम्म तीन हजार तीन सय ७७ किलोमिटर दूरी रहेको छ ।

थाइल्याण्डको बैंककबाट नेपाल आउनका लागि वर्मा, बंगलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार