असार २१, २०८१ शुक्रबार July 5, 2024

पेट्रोल-डिजेलको मूल्य बढ्यो

आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५४ दशमलव ५० कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६६ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५६ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूची हेर्नुहोस्)
२०८१ असार २१, शुक्रबार
शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको ७८ हजार ७५० सहयोग
२०८१ असार २१, शुक्रबार
नेकपा एसका सांसद प्रेम आलेले छाडे पार्टी
२०८१ असार २१, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
२०८१ असार २१, शुक्रबार
प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने
२०८१ असार २१, शुक्रबार
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
२०८१ असार २१, शुक्रबार
कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने
२०८१ असार २१, शुक्रबार