असार २६, २०८२ बिहिबार July 10, 2025

बैङ्किङ साक्षरता शिक्षामा जोड्नुपर्ने – उपसभामुख इन्दिरा राना

वित्तीय साक्षरताको कमीले भ्रष्टाचार नियन्त्रण कठिन भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले वित्तीय साक्षरतालाई उच्च माध्यमिक तहको शिक्षामा जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ ।

सङ्घीय संसद् र राष्ट्रिय वाणिज्य बैङ्कको सहकार्यमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा उहाँले वित्तीय साक्षरताको कमीले भ्रष्टाचार नियन्त्रण कठिन भइरहेको बताउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “वित्तीय कारोबार अनुशासित बनाउँदा भ्रष्टाचार र अनियमितता केही हदसम्म रोक्न मद्दत गर्छ । आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्छ ।” प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले बैङ्कहरूले नाफा मात्रै कमाउने नभई वित्तीय साक्षरता बढाउने दायित्व लिन पर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद रोशन कार्कीले आन्तरिक ऋण बढी उठाउँदा ब्याजदर र मूल्यवृद्धि बढाउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै शेयर बजारलाई नेपाल राष्ट्र बैकले नराम्रो नियतले हेर्न नहुने धारणा राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैङ्कहरूलाई जग्गा र सुनमा भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बैङ्किङ प्रणालीलाई बचत, लगानी र कर्जाका रुपमा मात्र नबुझी सानो उमेरदेखि बचत गराउने, पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्नेजस्ता विषयमा नागरिकलाई ज्ञान दिलाउन आवश्यक रहेको सहभागीको सुझाव थियो ।

कर्जा उपयोगिता, ऋण नतिर्दाको असर, सही रुपमा रेमिट्यान्स भित्र्याउने तरिका, भइरहेको हुन्डी कारोबार र त्यसबाट हुने जोखिमबारे आमनागरिकलाई शिक्षित तुल्याउन बैङ्कहरूले भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रममा सहभागीहरूको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष भुवनकुमार दाहाल र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले समग्र बैङ्किङ र वित्त विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सङ्घीय संसद्का सचिवालय सचिव सुदर्शन खड्काले वित्तीय नीति र मौद्रिक नीति कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार