श्रावण ५, २०८२ सोमबार July 21, 2025

पोखरा महानगरपालिकाको बजेट पारित

१५ औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की। पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम आज पारित भएको छ। महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो।

महानगरले आगामी आवका लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिए।

नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो। यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ।

महानगरको आगामी बजेटका स्रोतहरुमा संघीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदानबाट रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रहेको छ।

संघीय राजस्व बाडँफाँटबाट रु ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँट रु नौ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रु ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ।

महानगरपालिकाले बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृङ्खला सबलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ।

सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम (स्टार्टअप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा जोड दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार