कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

चिनीसँगै डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्ता समग्रमा राजस्व सङ्कलनमा कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, साउन १ गते । चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०।८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ । गत आवमा २८ अर्व ६६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपियाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

गत आवमा ६३.३४ प्रतिशत राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९।८० मा भन्सार लक्ष्य २९ अर्व ३२ करोड रुपियाँ रहेकोमा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । अघिल्लो आव भन्दा गत आवमा करिब चार करोड कम राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आवमा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपियाँ सङ्कलन भएकोमा गत आवमा चिनीबाट शून्य राजस्व सङ्कलन भएको भन्सार प्रमुख विश्वकर्माले बताउनुभयो, “चिनीसँगै डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्ता समग्रमा राजस्व सङ्कलनमा कमी आएको छ ।”

नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगञ्ज नाकाबाट जडीबुटीलगायतका सामग्रीको निकासी हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार