श्रावण ५, २०८२ सोमबार July 21, 2025

इङल्याण्डका मुख्य प्रशिक्षक साउथगेटद्वारा राजीनामा

युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् ।

उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो ।

५३ बर्षिय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उनले प्रशिक्षक छोड्ने अनुमान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया