असार २६, २०८२ बिहिबार July 10, 2025

प्रहरी हवल्दारद्धारा आफैँले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् ।

सुनसरी जिल्ला अदालतमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

घटनाको कारण भने हालसम्म खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार