श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।

तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।

बोर्डले आगामी आठ पहिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ ।

यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार