श्रावण ५, २०८२ सोमबार July 21, 2025

सुनको मूल्य तोलामै १३ सय रुपैयाँले घट्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया