राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।
दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया