काठमाण्डौः सुन तोलामा पाँचसयले बृद्धी भएको छ ।
बुधवार सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज पनि एकै दिन ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
मङगलबार ९१ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज भने बढेर ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । यो मुल्य हाल सम्मकै उच्च हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदी भने मंगलबारको तुलनामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया