श्रावण ३, २०८२ शनिबार July 19, 2025

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शिर्ष स्थानमा

चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् ।

जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ

त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक काश्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ काश्य पदक सहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ काश्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ काश्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने   इटालीले ३ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजील्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्की, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीजरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार