मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मुस्ताङमा तेश्रो संस्करणको गल्फ प्रतियोगिता भदौ एक गते देखि

प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन र लंगेस्ट ड्राइभलाई ट्रफी सहित पुरस्कृत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा तेश्रो संस्करणको “टप अफ द वर्ल्ड गल्फ क्लासिक” आउँदो भदौकै १ गते आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा रहेको मुस्ताङ गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी करिब ६० जना खेलाडीहरू सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रतियोगितामा भारतबाट करिब १५ जना, गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट ९ जना, पोखराबाट ११ जना, काठमाण्डौं, धरान लगायतका क्षेत्रबाट गरी ६० जना खेलाडीहरू सहभागी हुने भएको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्र धारा विष्टले बताउनु भयो । उक्त गल्फ कोर्स ९ होलको रहेको छ भने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन र लंगेस्ट ड्राइभलाई ट्रफी सहित पुरस्कृत गरिने उहाँले बताउनु भयो ।

होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीले यस बर्ष याक उपहार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने भएको आयोजक मुस्ताङ गल्फ कोर्सले जनाएको छ । मुस्ताङ गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइको रहेकाले यसले संसारका धेरै मुलुकमा प्रभाव पारेको उहाँले बताउनु भयो । गत वर्षका विजेता श्याम तामाङ हुनुहुन्छ ।

निर्देशक विष्टले अन्य गल्फ कोर्स भन्दा प्रकृतिको हिसाबले निकै उत्कृष्ट गल्फ कोर्स भएको कुनै दिनमा विश्वकै गल्फरहरु आएर खेल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त गल्फ कोर्सले गल्फ खेल पर्यटनका धेरै सम्भावना भएको उहाँले दाबी गर्नुभयो । उक्त गल्फ कोर्सलाई विश्वकै सर्वाधिक उचाइमा रहेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताका लागि पहल हुँदै गरेको विष्टले जनाउनु भयो । गल्फ संघ गण्डकीका अध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद इन्द्र धारा विष्टले संसद् विकास कोषको १० लाख बजेट तथा लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्स निर्माण गर्नु भएको हो ।

लोमान्थाङ गाउँपालिका, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु बैङ्क, लो मुस्ताङ हिमालयन रिसोर्ट, सोल्टी पानी, जर्मन बेकरी लगायतले सहयोग गरेको निर्देशक विष्टले बताउनुभयो । हिमालय गल्फ कोर्सका भुवन केसीले मुस्ताङमा हुने गल्फ प्रतियोगिताले गल्फ खेल पर्यटनको प्रबद्र्धन भएको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार